Loading...
Get FREE Surprise gift on the purchase of Rs. 2000/- and above.
-16%

Vastu Shanti Vidhi (वास्तु शान्ति विधि:)

42.00

Author -
Publisher Durga Shaitya Bhandar Varanasi
Language Nepali
Edition 1st edition
ISBN -
Pages 65
Cover Paper Back
Size 12 x 2 x 18 (l x w x h)
Weight
Item Code DSBV0020
Other Dispatched In 1 - 3 Days

 

10 in stock (can be backordered)

Compare

Description

वास्तु शान्ति विधि: (Vastu Shanti Vidhi) स-साना कीरा फट्या‌ङ्ग्रादेखि लिएर मानिससम्मका हरेक प्राणीहरू प्रकृतिको नियम अनुसार दुःख कष्ट, ऐश-आराम, सुख-संपन्नता आदि विषयहरू भोग्नै पर्ने हुन्छ, र प्रायः हरेक व्यक्ति त्यस्ता दुःख-कष्टहरू निवारण गर्न र सुखको प्राप्तिको लागि निरन्तर प्रयासरत रहन्छन्। मनुष्यमात्रै नभएर हरेक प्राणीहरू छन् आ-आफ्नो गुण-स्वभाव जाति अनुसार आफ्नो अनुकूलको बस्ने ठाउँ बनाएर सुखमय जीवन बिताउने गर्दछन्। तर मानिस मात्रै यस्तो जाति हो, जो सबै प्राणीहरूमध्ये विवेकवान्, बुद्धिमान् र सर्वश्रेष्ठ मानिन्छ। यसकारण सम्भव र सकेसम्म मानिसको लागि बस्ने ठाउँ घर-भवन-महल पनि सबैभन्दा राम्रो र सुरक्षित पनि हुनु अति आवश्यक मानिन्छ। साथसाथै मानिसहरूले आफ्नो वासस्थान (घर) लाई एउटा स्थायी सम्पत्ति मान थालेका छन्, हुन पनि हो। यसकारण घर बनाउनुभन्दा पहिले घर बनाउने ठाउँको छनौट, माटोको शुभ-अशुभ लक्षणहरू, घर-परिवारलाई हुनसक्ने अनिष्टको शान्ति-स्वस्ति तथा अभ्युदयको कामना आदि थुप्रै विषयहरू जो कोहीबाट पनि नितान्त आशा राखिने कुराहरू हुन्। यी विषयहरूको जानकारी दिने ‘वास्तु-शान्ति-विधि’ को पुस्तकको खाँचो परिरहेको थियो, यो अभावलाई श्रद्धेय विद्वान् पं. श्री ऋषिराज उपाध्याय वाग्ले (तम्सरिया-५, तरेनीटोल (चौरङ्गी), चोरमारा, नवलपरासी) ज्यूले पूरा गरिदिनु भएको छ।

उहाँ कर्मकाण्डका ज्ञाता र चिन्तक हुनुहुन्छ। वहाँले यसभन्दा अघि पनि “राहुकेतुजनितकालसर्पयोग शान्ति विधि” (ने.भा.टी.) को पुस्तक कर्मकाण्डीमहानुभावहरूका समझ राखिसक्नुभएको छ भने सरस्वती पूजा पद्धति एवं गङ्गा माहात्म्य (सहलेखन) र श्रीमद्देवीभागवत-नवाह-चन्द्रिका (नेपाली भाषामा) आदि पुस्तकहरू पनि प्रकाशोन्मुख अवस्थामा रहेका छन्। उहाँका अन्य यस्तै समाजोपयोगी धेरै पुस्तकहरू आगामी दिनहरूमा आउने विश्वास गर्न सकिन्छ। प्रस्तुत पुस्तकको सम्पादन र पुस्तक प्रकाशनको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएकोले सोको लागि म उहाँलाई अन्तरात्मदेखि नै आभार प्रकट गर्न चाहन्छु। साथै पुस्तक प्रकाशन जस्तो महत्त्वपूर्ण जिम्मेवारी लिनु हुने श्री तुलसीराम आचार्यज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु।

Reviews

There are no reviews yet.

Be the first to review “Vastu Shanti Vidhi (वास्तु शान्ति विधि:)”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×