Vivah Paddhati (विवाह पद्धति)
₹68.00
Author | - |
Publisher | Durga Shaitya Bhandar Varanasi |
Language | Nepali |
Edition | - |
ISBN | - |
Pages | 252 |
Cover | Paper Back |
Size | 18 x 2 x 12 (l x w x h) |
Weight | |
Item Code | DSBV0028 |
Other | Dispatched In 1 - 3 Days |
10 in stock (can be backordered)
CompareDescription
विवाह पद्धति (Vivah Paddhati) विवाहका लागि केटी माँग्ने या केटो ठीक गर्न जानेलाई लमी भन्दछन्। लमीले केटी या केटोको कुरो मिलाएपछि अठार वर्ष ननाघेकी केटी र केटो कुमार भए ज्योतिषीलाई भनेर जुराई जुरे मात्र विवाहको महीना, दिन निश्चित गरी केटीकहाँ गएर जनै सुपारी गर्ने अर्थात् जनै सुपारी आदान-प्रदान गरी कुरो छिन्ने र लेखापढ़ी गर्ने। अनि आपसमा रातो मसीले सेतो कागतमा लेखापढी समेत गर्ने र कन्यापक्षले कन्या र वरका लागि एवम् वरपक्षले वर र कन्याका लागि सिन्दूरे र लगनगाँठे-सहित लुगाफाटा गरगहना आदि किनमेल गरिसकेपछि ज्योतिषीलाई भनेर या पुरेत बाजेले नै पूर्वाङ्गको साइत र कन्यादानको लगन रातो मसीले लेखाई वा लेखी दुवै पक्षको पूर्वाङ्ग एकैचोटि गर्नुपर्ने हुनाले त्यो लगनपत्र विवाहको पहिलो दिन या अझै अघाडि नै पुग्ने गरी वरपक्षले कन्यापक्षकहाँ पठाउनुपर्छ, जसलाई साइपाटो (साइतपत्र) पठाउनु भन्दछन्। यो काम घरैमा सकेर ब्यौलो अन्भाए पनि हुन्छ। धेरै टाढा जानुपर्ने भए कन्याकै गाउँको नजीकचुँडो डेरा डालेर गरे पनि हुन्छ। ब्यौलो बिदा गर्ने दिन वा पहिलो दिन वरलाई बुकुवा-स्नान अनि घडी थाप्नुपूर्वक पूर्वाङ्ग-मातृकापूजा-नान्दीश्राद्ध-गृहशान्ति सकेर मात्रै ब्यौलो अन्भाइन्छ। ब्यौलो अन्भाएको राति वरपक्षका आइमाईले रमैलो मनाउन रत्यौली खेल्छन् र त्यसमा वरकी आमालाई उल्लीबिल्ली पार्ने गर्छन्।
कन्यापक्षकाले पनि पूर्वाङ्गकै दिन बिहानै कन्यालाई बुकुवा-स्नान गराउनुपर्छ।
Reviews
There are no reviews yet.