Ekoddishta Pavarn Ek Pavarn Shraddh Vidhi (एकोदिष्ट पावर्ण एक पावर्ण श्राद्धविधि:)
₹105.00
Author | - |
Publisher | Durga Shaitya Bhandar Varanasi |
Language | Nepali |
Edition | 2nd Edition |
ISBN | - |
Pages | 176 |
Cover | Paper Back |
Size | 18 x 2 x 12 (l x w x h) |
Weight | |
Item Code | DSBV0023 |
Other | Dispatched In 1 - 3 Days |
10 in stock (can be backordered)
CompareDescription
एकोदिष्ट पावर्ण एक पावर्ण श्राद्धविधि: (Ekoddishta Pavarn Ek Pavarn Shraddh Vidhi) एः; कुचो, कच्ची भुइँ भए लिप्नका लागि गाईको गोबर, पक्की भुईं भए धुनका लागि चोखो पानी अनि कुश निकै; एकोद्दिष्टमा भए दुइटा सिधा छः, ओटा दुना; पार्वण भए पाँचोटा सिधा, बाईस ओटा दुना; एकपार्वण भए तीनोटा सिधा, दुइटा ब्राह्मण अनि दुना, टाकन-टुकनको लागि धूप-कुश, कातेका बत्ती-पान-जनै, वस्त्र-घिउ-मह-जल-वेदी बनाउन शुद्ध माटो वा बालुवा, पिण्ड पकाउन गाईको काँचो दूध, पिण्डमा चढाउन गाईको काँचो दूध, पिण्ड पकाउन स्टील वा फलाम बाहेकको भाँडो, नैवेद्यहरू, कपूर, भेटी, दक्षिणा-कुशासन-कम्बलासन-कर्मपात्रो बनाउन तामाको थाली, तर्पण दिन तामाको कुनै थाली; जौ, तिल, केशरीको पहेंलो चन्दन, चन्दन मुछिएको पहेंला अक्षता, सेता फूल, दीयो राख्ने ब्राह्मण थाप्ने चाकुनेमा चामल, अर्घातो यति ठीक पार्नुहोला। सके ब्राह्मण–भोजनका लागि खीर वा मिठाई, नसके सिधै दिए पनि हुन्छ।।
एकोद्दिष्टमा – चारोटा पवित्र, ब्राह्रोटा मोटक, दुइटा सिधा, छःओटा दुना ।।
पार्वणमा – सातोटा पवित्र, पाँचवटा सिधा, तर्पण गरिएका समस्त पितृहरूको दोब्बर-भन्दा सत्रोटा बेसी मोटक, पच्चीसओटा दुना, कर्मपात्र बनाउन दुइटा तामाका थाली, कुशे ब्राह्मण चार (विश्वेदेव दुई र पितृ दुई)।
एकपार्वणमा विशेष – एकपार्वणमा तीनोटा पिण्ड चाहिन्छ। यौटा विश्वेदेव र यौटा पितृब्राह्मण गरी जम्मा दुइटा कुशे ब्राह्मण थापिन्छन्। दीयो, दुना, कुश, मोटक, पवित्र आदि एकोद्दिष्टमा जति नै चाहिन्छ। दुइटा कर्मपात्र, तीनोटा सिधा, तीनोटा पिण्ड चाहिन्छ। बाँकी एकोद्दिष्टमा जस्तै हो।।
Reviews
There are no reviews yet.