Loading...
Get FREE Surprise gift on the purchase of Rs. 2000/- and above.
-15%

Agani Sthapana Paddhati (अग्निस्थापना पद्धतिः)

102.00

Author Om Prakash Adhikari
Publisher Babu Madhav Prashad Sharma
Language Nepali
Edition -
ISBN -
Pages 158
Cover Paper Back
Size 14 x 2 x 22 (l x w x h)
Weight
Item Code DSBV0034
Other Dispatched in 1-3 days

 

10 in stock (can be backordered)

Compare

Description

अग्निस्थापना पद्धतिः (Agani Sthapana Paddhati) धार्मिक ग्रन्थहरू हिन्दूधर्मका आत्मा हुन्। धार्मिक ग्रन्थहरूमध्ये कर्मकाण्डका ग्रन्थहरू पनि हिन्दू धर्मकै अभिन्न अङ्ग हुन्। हाम्रा धेरैजसो कर्मकाण्डका पद्धतिहरू प्रायः संस्कृतमै लेखिएका र संस्कृतमै अह्वोट विधि भएका कारणले संस्कृतमा ज्ञान कम भएकाहरूलाई दुर्बोध हुन गई कर्महरूको त्रुटि भई पूर्ण सफलता नमिल्ने र कर्मकाण्डप्रति नै आस्था घट्न गई अनास्था बढ्न गएको महसूस गरी यस कार्यप्रति हात अगाडि बढाउन लागिएको हो । हामीबाट सरलीकृत गरी तयार पारिएको ‘श्राद्धपद्धति’ र ‘अन्त्यकर्म पद्धति’ को प्रकाशन पछि कर्मकाण्ड सम्बन्धी तेस्रो पुष्पको रूपमा यो ‘अग्निस्थापना पद्धति’ कर्मकाण्डी महानुभावहरू, सिकारु र सर्वसामान्य पाठकवृन्दहरूका करकमलमा राख्ने प्रयास गरेका छौं ا

कतिपय हिन्दूधर्मका कट्टर अनुयायीहरूबाट यसरी कर्मकाण्डका पद्धतिहरूलाई सरल नेपाली भाषामा हस्तक्रिया (अह्रोट) राखी बनाइदिंदा सदाचारादि विहीन र अल्पपठित जोसुकैले पनि कर्म गराउँदा आचारी र कर्म गराइरहने पण्डितज्यूको अपमान मात्र होइन भाग नै लोप हुन जाने र संस्कृत भाषाको महत्व घट्न जाने आशंकाले हामीप्रति आरोप नलगाइएको होइन, तर कुनै पनि विषयमा राम्रोसँग ज्ञान (बोध) हुन सकेन भने त्यसप्रति अनास्था बढ्न जानु अस्वाभाविक होइन। त्यसकारण संस्कृतमा अह्रोट भएका. कर्मकाण्डका पद्धतिहरू लगायत अन्य धार्मिक ग्रन्थहरू पनि सरल नेपाली भाषामा अनुवाद एवं सरलीकरण गर्दै लगिएमा हिन्दूधर्ममा आस्था राख्ने सबैको कल्याण हुनुका साथै सनातनधर्म लोप हुनबाट बच्न गै सधैं दिगो रहिरहने छ भन्ने हाम्रो विश्वास छ।

Reviews

There are no reviews yet.

Be the first to review “Agani Sthapana Paddhati (अग्निस्थापना पद्धतिः)”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×